ad ad

कारोबार


बाग्लुङ र बेनीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

बाग्लुङ र बेनीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

नेपालखबर
असोज २०, २०७८ बुधबार १९:४१, काठमाडौँ

युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज पहिलो हप्ताबाट ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ।

यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग –महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ। 

बुधबार बेनी सामूदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएका थिए। प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एजेन्सी म्यानेजर दिलमाया विटालुले गरिन्।

सावित्रा खत्रीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए।

यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि ‘युवासँग– महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ।

२५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए। कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .