ad ad

कारोबार


आकर्षक डिजाइनसहित नेक्सन डिजेल बीएस ६ सार्वजनिक

आकर्षक डिजाइनसहित नेक्सन डिजेल बीएस ६ सार्वजनिक

नेपालखबर
असोज ३१, २०७८ आइतबार १६:५२, काठमाडौँ

टाटा नेक्सन बीएस ६ नयाँ अवतारमा आएको छ। 

नेक्सनले ग्राहकको आधुनिक चाहना र रोजाइ अनुसार नेक्सन डिजेल – बिएस ६ सार्वजनिक गरेको जनाएको छ।

टाटा नेक्सनको बीएस ६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लीम भएको छ। टाटाको २.० ईम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयुभी सुन्दर देखिन्छ। 

पुराना संस्करणहरूको तुलनामा नयाँ लुक्स मनमोहक लाग्ने कम्पनीको दाबी छ। 

नेक्सनका अनुसार फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, व्हील र एलएडी जडानले कारलाई डाइनामिक बनाइदिएका छन्। कारको बीचमा नेक्सन ब्याजको डिजाइनले दर्शकको आँखा तानिरहन्छ। यसको सनरुफ मनै तानिरहने खालको छ।

कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङलाई सजाएको छ। फ्ल्याट बटम स्टेरिड आकर्षक छ। कारभित्र केही परिवर्तन मात्रै गरे पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र साह्रै आकर्षक बनाइएको छ।

चालक र कारभित्र बस्नेलाई कम्फर्ट दिने क्याबिन, इलेक्ट्रोनिक सनप्रुफ, चालकलाई कम्फर्ट दिने नयाँ क्रुज कन्ट्रोल फिचर र एकदमै गर्मीमा ठन्डा–ठन्डा कुल–कुल राख्ने एक्सप्रेस कुल फिचर कारका केही नयाँ थपिएका कम्फर्ट हुन्। 

टाटाले पेट्रोल इञ्जिनलाई रिभ्याम्प (सुधार) गरेको छ। कारमा १.२ लिटर रिभोटोन टर्बो पेट्रोल युनिट र १.५ लिटरको रिभोटोर्क डिजेल युनिट छ, जसले १२० पीएसको गति दिन्छ। दुवै इञ्जिनलाई ६ स्पीड एमटी र ६ स्पीड एएमटीसँग जोडिएको छ। यसमा इञ्जिनको राम्रो विशेषता भनेको इको, सिटी र स्पोर्ट्स तीनै क्षेत्रमा चाहेअनुरुप गुड्छ। 

ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन सुरक्षाका कोणबाट निकै भरपर्दो  रहेको कम्पनीको दाबी छ।

यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजारमा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .