ad ad

कारोबार


भायनेटको सेवा अब जनकपुर र बर्दिवासमा

भायनेटको सेवा अब जनकपुर र बर्दिवासमा

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १५:१०, काठमाडौँ

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायनेट कम्युनिकेसन्स प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ। यो सेवा विस्तारसँगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ। 
 

भायनेटले ग्राहकहरूका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा सञ्चालन गर्दै आएको छ। त्यस्तो योजनाबाट ग्राहकहरू लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ।

साथै, कम लागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नेछन्। यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुसीयाली बाँड्न भायनेटलाई १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैमा प्रदान गर्ने योजना अघि सारेको छ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टिभी सेवा पनि शुभारम्भ गरेको थियो। तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ प्रामाणिक कम्पनी पनि हो। 

भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्तायुक्त सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ।

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिँदै कम्पनीका सीईओ सेवा पाठकले भनिन्, ‘हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्च क्षमताको फास्ट स्पिडको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौँ। हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन्। मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ।’    

भायानेटले अत्यधिक तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडि बढ्न सहयोग पु¥याउँदै आएको छ। साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .