तिहारपछि खुलेको सेयरबजार दोस्रो दिन दोहोरो अंकले घटेको छ।
बजार परिसूचक नेप्से १९.२० अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक २.७१ अंकले घटेको हो।
सोमबारको कारोबारमा २३० कम्पनी सामेल भएका छन्। आज कुल ४९ हजार ५ सय ३० पटक कारोबार भएको थियो। यस क्रममा ७२ लाख कित्ता सेयर बिक्री भएको छ। आज कारोबार रकम ४ अर्ब ४२ करोड रहेको छ।
कारोबारमा आज लगानी, म्युचुअल फन्ड र फाइनान्स समूहको सूचक हरियो रहे पनि बाँकी सूचकहरु राताम्य छन्। आज साहस र आईसीएफसीलगायत अरु तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताहरुले आज ७.९६ प्रतिशतसम्म घाटा सहँदा कुनै एक कम्पनीको अधिकतम कारोबार रकम ५२ करोड रहेको छ।
12
Shares
प्रतिक्रिया