ad ad

कारोबार


मौद्रिक नीति समीक्षाः वस्तु आयातमा कडाइ , सेयर धितो कर्जा यथावत (पूर्ण पाठ)

मौद्रिक नीति समीक्षाः वस्तु आयातमा कडाइ , सेयर धितो कर्जा यथावत (पूर्ण पाठ)

फाइल तस्बिर


दीपक भट्ट
मंसिर १०, २०७८ शुक्रबार १०:४६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको सेयर धितो कर्जा यथावत राखेको छ। सेयर लगानीकर्ताले यही नीतिको कारण सेयर बजार घटिरहेको आरोप लगाउँदै आए पनि त्रैमासिक समीक्षमा साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिलाई नै निरन्तरता दिएको हो।  

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सेयर धितो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइएको थियो। अहिले त्यही नीति यथावत राखेको हो। 

त्यस्तै वस्तु आयातलाई भने कडाइ गरेको छ। 

विदेशी विनीमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने भएको छ।

डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको विद्यमान सीमा पुनरवलोकन गरिने समीक्षामा उल्लेख छ। ड्राफ्ट टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिने भएको छ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने समीक्षामा उल्लेख गरिएको हो।  

याे पनि हेर्नुहाेस्- मौद्रिक नीति समीक्षाः वस्तु आयात कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .