नेपाल इन्भेष्टमेन्ट बैंकले यही माघ ४ का लागि बोलाएको साधारणसभा रद्द गरेको छ।
हिमालयन बैंकसँग मर्जरबारे छलफलका लागि बोलाएको साधारणसभा अब प्रयोजनहीन भन्दै इन्भेष्टमेन्ट बैंकले रद्द गरेको हो।
बैंकको माघ १ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो।
हिमालयन बैंक लिमिटेडको गत पुस ३० मा बसेको २९औँ वार्षिक साधारणसभाबाट इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत भएको थियो।

उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीहरुमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्वीकृत भएको थियो।
उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए।
यो पनि - हिमालयन बैंक साधारणसभाः २६ प्रतिशत लाभांश पारित, इन्भेष्टमेन्टसँगको मर्जर अस्वीकृत
Shares

प्रतिक्रिया