ad ad

कारोबार


नेप्से परिसूचक १०.८३ अंकले गिरावट

नेप्से परिसूचक १०.८३ अंकले गिरावट

नेपालखबर
माघ ९ , काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ। 

नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ। तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ।  जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ।

यता वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी  २.७७ प्रतिशत घटेको छ। व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

आइतबार नेप्से परिसूचक ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन्।

त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको सेयरमूल्य बढेको छ। तर आज सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढीले घटेको छ।

आइतबार कारोबार रकमका आधारमा ३२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस्तै अपि पावरको १९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। 

माघ ९, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad