ad ad

कारोबार


आयोजना प्रभावितका लागि ग्रिन भेन्चर्सको आईपीओ आजदेखि खुल्ला

आयोजना प्रभावितका लागि ग्रिन भेन्चर्सको आईपीओ आजदेखि खुल्ला

नेपालखबर
फागुन २, २०७८ सोमबार १२:१, काठमाडौँ

ग्रिन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर निष्काशन गरेको छ। 

कम्पनीले ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजनाको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यको ३१ लाख २५ हजार कित्ता सेयर खरिदको लागि आवेदन खुल्ला गरेको हो। 

यसअनुसार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २, ३, लिखु गाउँपालिका ९, लिखु तामाकोशी गाउँपालिका १, २ र उमाकुण्ड गाउँपालिका ७ रामेछापमा स्थायी बसोबास गर्नेहरुका आईपीओ खुल्ला भएको हो।   

सो क्षेत्रका इच्छुक आवेदकले न्यूनतम १० देखि ५० हजार कित्तासम्म आवेदन भर्न पाउनेछन्। यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

धितोपत्र निष्काशन बन्द हुने मिति (छिटोमा) फागुन १६ र ढिलोमा चैत १ गते बन्द हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .