ad ad

कारोबार


हिमालय एयरलाइन्सद्वारा बेइजिङपछि काठमाडौं–गुइयाङ उडान सुरु

हिमालय एयरलाइन्सद्वारा बेइजिङपछि काठमाडौं–गुइयाङ उडान सुरु

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ७:६,

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हवाइ सेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं र गुइयाङ (गुईझाउ प्रान्तको राजधानी सहर) जोड्ने नयाँ उडान सुरु गरेको छ।

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार स्थानीय समय १०ः२५ मा गुइयाङका लागि आफ्नो पहिलो उडान भरेको र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको थियो।

कम्पनीका अनुसार आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएकोमा सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ। प्रत्येक वर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय सहर हो।

हिमालय एअरलाइन्सले प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्ने र सोही दिन फर्किने बताइएको छ। हिमालय एयरलाइन्स यी दुई सहरबीच सिधा उडान गर्ने एकमात्र एयरलाइन्स रहेको पनि कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन्। कम्पनीका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले चीन मुख्य लक्षित बजार भएकाले गुइयाङसम्म सञ्जाल विस्तार गर्न पाएकोमा प्रसन्न रहेको बताए। यस उडानले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ।

उनले भने, ‘हामीले नियमितरुपमा सम्भावित रुटहरुको अध्ययन गरिरहेका छौं र काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाइको गन्तव्यस्थल हुनेछ।’

त्यस्तै चिनियाँ बजारमा राम्रो पहुँचका लागि हामी नयाँ दुईवटा गन्तव्यस्थलस् चाङ्सा र नान्चाङ्मा पुग्ने योजना बनाइरहेको पनि उनले बताए।

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३ हजार ४ सय ८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ ।

यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५ प्रतिशत हो। सन् २०१९ (जनवरीदेखि अक्टुबरसम्म)को वार्षिक तुलना गर्ने हो भने कुल १ लाख ३४ हजार २ सय ८१ चिनियाँ पर्यटक भित्रिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ।

गुईयाङ–काठमाडौं नयाँ सञ्जालसँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पुर्याउने विश्वास र आशा राखेको छ।

उक्त कम्पनीले गत कात्तिक दाेस्राे सातादेखि काठमाडाैं-बेइजिङ सिधा उडान सुरू गरेकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .