प्रिमियर लिगमा टोटनह्यामले लगातार खराब प्रदर्शन गरेपछि क्बले पोचिटिनोलाई बर्खास्त गरेको मंगलबार जानकारी दिएको थियो।
हाल टोटनह्याम लिगको १४ औं स्थानमा छ। मोरिन्हो गत सिजन म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका थिए। त्यसपछि उनी कुनै क्लबमा आवद्ध भएका थिएनन्।
उनले सन् २०२२–२०२३ सिजनसम्मका लागि टोटनह्यामसँग सम्झौता गरेका छन्। यसअघि मोरिन्हो रियल मड्रिड, चेल्सीजस्ता बलिया क्लबका प्रशिक्षक बनिसकेका छन्।
प्रतिक्रिया