नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोयाम सुरु भएसँगै बजारमा यससँग सम्बन्धित सामग्री ल्याएको छ। कम्पनीले जाडोलक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामग्रीहरु बजारमा ल्याएको हो।
यसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन्। रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने कम्पनीले जनाएको छ।
जाडोमा पनि सहजै नुहाउन सकिने बनाउन सीजीले कम मूल्यका ग्यास तथा इलेक्ट्रिक दुई किसिमका गिजरहरु उपलब्ध गराएको जनाएको छ। त्यसैगरी केही समयमा नै कुनै झञ्झटविना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपटहरु रहेका छन्।
तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ।
प्रतिक्रिया