कारोबार


इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीको माग

इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीको माग

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १३:१४,

उद्योगी व्यवसायीहरुले इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका हुन्। वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय इटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका बेला उनले सरकारले सञ्चालन गर्न अनुमति दिएका इटा उद्योग स्थानीय तहलाई भत्काउन दिन नहुने पनि स्पष्ट पारे।

पाँचौ उद्योग दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले इटा भट्टा हटाउने स्थानीय तहलाई कार्वाही नगरे व्यवसायीलाई तत्काल त्यसको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। सरकारलाई आरोप लगाएर व्यवसायीहरुले उन्मुक्ति नपाउनेमा आफू सचेत रहेको पनि उनको भनाई छ।

अध्यक्ष गिरीले निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर उद्योग क्षेत्रको विकासमा फड्को मार्न चाहेको पनि बताए। तर त्यसका लागि सरकारले प्रविधिको विकासमा जोड दिनुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad