७४ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पहिलो उडान अवतरण गरेको हो।
जजिराको एयरबस ३२० जहाज अर्थात् न्यारोबडी जहाज अवतरण गरेको छ। भैहरवा विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भैरहवामा जजिराको जहाज अवतरण गरेको जानकारी दिए।
भैरहवामा पानीको फोहोराले जजिरा एयरवेजलाई स्वागत गरिएको छ।
भारतले भैरहवा उडानका लागि सिधा हवाई मार्ग नदिँदाृ जजिरा एयरवेज सिमरा हुँदै भैरहवा प्रवेश गरेको छ। नेपालले यसअघि भारतसँग भैरहवा र नेपालगञ्जको हवाई प्रवेशबिन्दु दिन माग गरे पनि भारतले आलटाल गर्दै आएको छ।

कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हप्ताको ३ उडान गर्ने अनुमति पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म जजिरा एयरलाइन्सले मात्रै अनुमति लिएको बताए।
‘अहिले जजिराले हप्ताको ३ वटा उडान गर्ने अनुमति लिएको छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘अरु एयरलाइन्सले पनि प्राधिकरणमा चासो व्यक्त गरिरहेका छन्। उनीहरु आफ्नो प्रक्रियामा होलान्।’
जजिरा एयरवेजले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ।
‘भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति पाएको छ’, उनले भने, ‘काठमाडौंको उडान कटौती गरेर भैरहवा थपेको होइन। भैरहवाको ३ उडान थपेको हो।’
एयरलाइन्सको भैरहवा–कुवेत भाडा हाललाई ३० हजार २१४ रुपैयाँ तोकिएको छ। भैरहवा कुवेत उडान समय साढे ५ घण्टा हुनेछ।
जजिरा एयरवेजको अवतरण अघि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सको न्यारोबडी जहाज अवतरण गरेको थियो।
अन्तराष्ट्रिय उड्डयन प्रवद्र्धन गर्न काठमाडौं–भैरहवा उडान गरेको नेपाल वायुसेवा निगमले जनाएको छ।
करिब ७० जना यात्रु बोकेर काठमाडौंबाट भैरहवा विमानस्थल न्यारोबडी अवतरण गरेको थियो। नेपाल एयरलाइन्सको जहाज ८ बजे भैरहवाबाट काठमाडौं आउँदै छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्। उद्घाटनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा र पर्यटनमन्त्री प्रेम आले आइतबार नै विमानस्थलमा पुगेका छन्।
नेपाल एयरलाइन्सको जहाज ८ बजे भैरहवाबाट काठमाडौं आउँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्।
७४ वर्षसम्म नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको थियो। तर गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै हवाइ क्षेत्रले ऐतिहासिक फड्को मारेको प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी नेपालको नागरिक उड्डयन क्षेत्रको लागि ढिलै भए पनि महत्वपूर्ण पाइला रहेको बताउँछन्।
‘७४ वर्षीय नागरिक उड्डयन प्राधिकरणको इतिहासमा यो कोशेढुङ्गा हो,’ प्राधिकरणका महानिर्देशक अधिकारीले भने।
बैशाख १५ गते नेपाल एयरलायन्सकै वाइडबढी जहाजले भैरहवामा परिक्षण उडान गरेको थियो।
सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको काम विभिन्न कारणले ढिलाइ भएको थियो। विमानस्थलको लम्बाइ ३ हजार र चौडाइ ४५ मिटर चौडाइ छ।
Shares

प्रतिक्रिया