ad ad

कारोबार


अर्थमन्त्रीको राजीनामा माग्दै विराटनगरका उद्योगी/मजदुर आन्दोलनमा

अर्थमन्त्रीको राजीनामा माग्दै विराटनगरका उद्योगी/मजदुर आन्दोलनमा

सुमन पुरी
असार ९, २०७९ बिहिबार १२:४२, विराटनगर

सरकारले स्टिल र स्यानेटरी प्याडसँग सम्बन्धित माग सम्बोधन नगरेपछि  विराटनगरका उद्योगी–व्यवसायीले आज पुनः सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्। विराटनगरका उद्योगी व्यवसायीलाई ट्रेड युनियनहरूको समेत साथ छ। 

उद्योग संगठन मोरङको नेतृत्वमा विराटनगरका उद्योगी व्यवसायी र मजदुरहरूले सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा विरोध प्रदर्शन गरेका छन्। यस क्रममा उनीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्।

व्यवसायीले तिरेका करबाट सरकार चलेको तर सरकारले व्यवसायी र मजदुर मार्ने नीति लिएको भन्दै प्रदर्शनमा सहभागीहरूले नारा लगाए।

विरोध जुलुस र कोणसभा मोरङको बुढीगंगा गाउँपालिकास्थित सुनसरी मोरङ औद्योगिक कोरिडोरमा भएको हो।

सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएकाले दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रनुपरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बताए।

प्रदर्शनमा मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (ससीएनआई) को सहभागिता छ। यस्तै चार मुख्य ट्रेड युनियनमा आवद्ध मजदुरहरुको पनि सहभागिता छ। 

यसअघि तीनवटा उद्योगी व्यवसायीको संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा छुट्टाछुट्टै र संयुक्त गरी दुईवटा पत्र पठाई बुधबारसम्मको अल्टिमेटम दिएका थिए। 

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले माग सुनुवाइ नगरिएपछि आन्दोलनको विकल्प नरहेको बताएका छन्। 

आर्थिक विधेयक २०७९–२०८० मा जिआई वायर, वनस्पति घिउतेल र स्यानिटरी प्याड उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरिएको भन्दै उनीहरुले स्वदेशी उद्योगहरू धरापमा पर्न गई सञ्चालक र श्रमिक मजदुर विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले आन्दोलनमार्फत पुनःमूल्यांकन गराउने योजना लिएका हुन्।

यसअघि जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले बजेट पास भएका भोलिपल्टै सच्याउने आश्वासन दिए पनि हालसम्म पनि कुनै चासो नलिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .