ad ad

कारोबार


ग्लोबल आईएमईका ग्राहकले अब आफ्नै रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा पाउने

ग्लोबल आईएमईका ग्राहकले अब आफ्नै रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा पाउने

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:४८, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ। 

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको जनाएको छ। बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो।

योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ। कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन्।

ग्राहकहरुसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन्।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो। यस्ता नवीनतम प्रविधिहरुको प्रयाग गर्दै बैंकले समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .