ad ad

कारोबार


रामचन्द्र पौडेलको आरोप : अर्बौँको आर्थिक चलखेलमा आयल निगम व्यापारीलाई दिइँदै छ

रामचन्द्र पौडेलको आरोप : अर्बौँको आर्थिक चलखेलमा आयल निगम व्यापारीलाई दिइँदै छ

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार १४:३५, काठमाडौँ

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन्। 

६४औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन्। 

उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए। 

उनले कहिल्यै किसानले भनेका बेलामा मल नपाएको बताउँदै जहिले पनि मलको हाहाकार भएकामा प्रश्न उठाए। 

‘किन भएको छ भने हामीले यो कुरा बुझेनौँ–काँग्रेसभन्दा बढि एमाले समाजवादी । एमाले भन्दा माओवादी बढी समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ’, उनले भने, ‘महंगी त पर्यो पर्यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टी कसको ध्यान गयो ? दुई तिहाइ ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो?’ 

आफूले आयल निगमलाई व्यापारीको हातमा दिने चलखेल भइराखेको सुनेको उल्लेख गर्दै यो चलखेलको पछाडि करोड होइन, अर्बको चलखेल भएको आरोप लगाए। 

उनले भने, ‘अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ? त्यो आजीवन राजा हुने भईहाल्यो नि । यसैमा पनि खेलबार्ड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौँ।’

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले अघिल्लो दिन मात्रै पत्रकार सम्मेलन गरेका थिए। सोही सम्मेलनमा मन्त्रालयले आयल निगम धितो राखेर कर्जा लिन स्वीकृति दिएको खुलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .