ad ad

राजनीति


कांग्रेसको प्रतिवेदन भन्छ : अधिनायकवाद बाँकी नै छ, संसदीय चुनावसम्म गठबन्धन

कांग्रेसको प्रतिवेदन भन्छ : अधिनायकवाद बाँकी नै छ, संसदीय चुनावसम्म गठबन्धन

फाइल फोटाे


नेपालखबर
असार १६, २०७९ बिहिबार १४:२४, काठमाडौँ

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रतिगामी तथा अधिनायकवादी प्रवृत्ति र संस्कृतिलाई परास्त गर्न आगामी संसदीय निर्वाचनमा पार्टीले जित्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। 

स्थानीय तह निर्वाचनका लागि गठन गरिएका विभिन्न उपसमितिका प्रतिवेदनको अध्ययनपछि तयार गरिएको समितिको संक्षिप्त प्रतिवेदनमा आगामी संसदीय निर्वाचनमा पार्टीले जित्नु अपरिहार्य रहेको उल्लेख छ।  

उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको समितिको प्रतिवेदनमा कांग्रेसको अपरिहार्य जितका लागि आगामी संघीय र प्रादेशिक निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

निर्वाचन केन्द्रीय परिचालन समितिले गठबन्धनबारे कायम रहेको भ्रम र असन्तुष्टीलाई समीक्षा गरेर पार्टीका समान धारणा बनाउनु पर्ने सुझाव पनि दिइएको छ। गठवन्धनको मर्म र भावनालाई मतदातासम्म पुर्याउन केन्द्रको जस्तै संयन्त्रलाई प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म तयार गर्नुपर्ने पनि प्रतिवेदनमा सुझाव छ।  

गठबन्धनमा कांग्रेसको ‘बार्गेनिङ’ शक्ति बढाउन हरेक जिल्ला र चुनाव क्षेत्रका चुनावसँग सम्बन्धित तथ्य तथ्यांकहरु समयमै संकलन गर्नु पर्ने, गठबन्धन दलहरुबीच तालमेल गर्दा दलहरुले पाउने उम्मेदवारीको संख्या निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा पहिले नै टुंगो लगाउनु पर्ने पनि सुझाव प्रतिवेदनमा उल्लेख छ।  

‘अगामी निर्वाचनमा गठबन्धन गर्दा गठबन्धनमा भएका दलहरुसँग सकेसम्म गठबन्धन भएका सम्पूर्ण ठाउँहरुमा जिताउनको लागि दलहरुबीच आपसी समन्वयकारी भूमिका खेल्नु पर्ने,’ समितिको प्रतिवेदनमा भनिएको छ। 

निर्वाचनको प्रभावकारी संयोजन र परिचालनका लागि स्थानीय निर्वाचनमा जस्तो धेरै उपसमितिहरुको सट्टा थोरै, सानो तर बलियो र अधिकारसम्पन्न समितिमात्र बनाउने, घोषणा पत्रको लेखन, वितरण, प्रचार प्रसार र चुनाव परिचालन कार्यहरु समन्वयात्मक रुपमा सञ्चालन हुनु पर्नेमा जोड दिइएको छ। 

निर्वाचन घोषणा पत्र तयार गर्दा नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समावेश गर्नु पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। यस्तै प्रचार सामग्रीलाई राष्ट्रिय भाषाका साथै प्रमुख स्थानीय भाषासमेतमा प्रकाशन तथा प्रसारमा प्राथमिकता दिनुपर्ने पनि भनिएको छ।

‘प्रचार सामग्रीलाई आधुनिक सूचना प्रविधिको अत्याधिक प्रयोग गरी विषयवस्तुको प्रभावकारी प्रस्तुतिका साथ बढीभन्दा बढी जनसमुदायमा पुर्याउन अधिकतम प्रयास गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘विशेष गरेर सहरी क्षेत्रमा स्वतन्त्र र युवाहरूबाट सिर्जना भएका चुनौतीहरूलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्ने।’ 

उम्मेदवारको चयन गर्दा जनतासँग प्रत्यक्ष रुपमा भिजेका लोकप्रिय, स्वच्छ छवि भएको, क्षमतावान र जनताको काममा निरन्तर खटेका व्यक्तिलाई चयन गर्दा निर्वाचन जित्न सहज हुने समितिको निष्कर्ष छ। 

स्थानीय तह निर्वाचनको तयारी, प्रचार–प्रसार र मतदानका क्रममा देखा परेका प्रवृत्ति, निर्वाचनमा कांग्रेसले प्राप्त गरेको मतको प्रवृत्ति तथा परिचालन एवम् परिचालनका सन्दर्भमा गठित विभिन्न उपसमितिको प्रतिवेदनसमेतको आधारमा आगामी निर्वाचनलाई लक्षित गरेर सुझावहरु तयार पारिएको परिचालन समितिले जनाएको छ। प्रतिवेदनमा १९ बुँदे सुझावहरु उल्लेख गरिएका छन्।

प्रतिवेदनमा समेटिएका सुझावहरु :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .