कारोबार


एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्पारो एसएमएस र परीक्षा बोर्डबीच साझेदारी

एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्पारो एसएमएस र परीक्षा बोर्डबीच साझेदारी

नेपालखबर
साउन ९, २०७९ सोमबार १२:३, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुको  २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउने भएको छ। 

यसका लागि स्पारो एसएमएससँग सम्झौता गरेको बोर्डले जनाएको छ। एसईई विद्यार्थीले एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन्।

स्पारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। 

यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत आफ्नो  नतिजा हेर्न सक्नेछन्। 

परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध हुनेछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad