काठमाडौँ महानगरपालिकाको राजस्व विभागले बुधबार प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ।
सञ्चालन भएयता बुझाउनुपर्ने कुनै राजस्व नबुझाएको फनपार्कले राजस्व बुझाउन गरिएको ताकेतालाई बेवास्ता गरेपछि २४ घण्टे सूचना जारी गर्नु परेको महानगरले जनाएको छ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पत्र बुझाउन कर्मचारीलाई पठाउँदा फनपार्क सञ्चालकले अस्वीकार गरे।
'आज पत्र बुझ्न मानेनन्, भोलि पत्र टाँस्छौँ। त्यसको २४ घण्टासम्म राजस्व बुझाउन नआए फनपार्क शिलबन्दी गछौँ,’ उनले भने।
अधिकारीले वक्यौता असुल्न तत्कालै कदम चालिने बताए। ‘महानगरले प्राप्त गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुलउपर गरिनेछ,’ उनले भने।
डा. अधिकारीकाअनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ। यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन।
भृकुटीमण्डपको फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको ‘अल्टिमेटम’
बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ। मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो? त्यसको विवरणका आधारमा तय हुन्छ।
पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने विज्ञापन कर र मनोरञ्जन कर राजस्व विभाग ववरमहलमा गएर बुझाउनुपर्छ ।
पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ।
विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया