कारोबार


काठमाडौं तराई द्रुतमार्गको ठेक्काको वित्तीय प्रस्ताव खोलिँदै, कसले पाउला?

काठमाडौं तराई द्रुतमार्गको ठेक्काको वित्तीय प्रस्ताव खोलिँदै, कसले पाउला?

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १६:३०, काठमाडौँ

नेपाली सेनाले जेठ १८ गते खोलेको ठेक्काको वित्तीय प्रस्ताव यही महिना खोल्ने भएको छ। 

सेनाले यसबारे वित्तीय प्रस्ताव हालेका कम्पनीहरुलाई पत्र लेख्दै यही भदौ ३१ गते प्रस्ताव खोल्ने सूचना दिएको हो। 

सेनाले गत जेठ १८ मा केटीएफटी/आईसीबी/वर्क्स/आरएन्डबी/०७८/०७९/६ नम्बरको ठेक्का आह्वान गरेको थियो। 

त्यसमा केही कम्पनीको प्रस्ताव स्वीकृत भएको छ। जसअनुसार एम/एस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प लि. चाइना, एम/एस अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डिया, एम/एस पोली चांग्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना, एम/एस कोभेक–सीआरईजीसी ज्वाइन्ट भेन्चर, (चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लि., चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप क.लि.) चाइना, एम/एस सिनोहाइड्रो–पीसीसीडी जेभी, (सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, पावरचाइना चेंग्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेड) चाइना रहेका छन्।  

यसअनुसार यी कम्पनीको वित्तीय प्रस्ताव स्वीकृत भएको हो। उनीहरुले दुई लेनको डुअल क्यारिएजवे स्ट्यान्डर्ड एक्सप्रेसवे सडक, पुल, स्लोप स्टेबिलाइजेसन, इन्टरचेन्ज, टोल प्लाजा र अलाइड वर्क्सलगायतका काम गर्नको यी कम्पनीहरुले प्रस्ताव गरेका छन्। यसमा च्यानल ४१ देखि च्यानल ४९ प्लस ८१८.८२ सम्म काम गर्नुपर्नेछ। 

ठेक्काको वित्तीय प्रस्ताव भदौ ३१ गते दिउँसो १ बजे खोलिने नेपाली सेनाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .