कारोबार


सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार २१:५३, काठमाडौँ

सनराइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने ‘गज्जबको मुद्दती खाता’ ल्याएको छ।

सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिन्छ। 

१४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ। 

यस योजनामा सहभागी हुन न्युनतम रु २५,००० रकम मुद्दती गर्नुपर्ने छ। उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।

यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको छ। 

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .