उपत्यकाको ४ स्थानमा राष्ट्रिय वाणिज्य बैंकले एक साथ शाखा खोल्ने तयारी गरेको छ।
नयाँ शाखा खोल्नको लाग अहिले घर भाडामा खोजिरहेको हो। बैंकले लाजिम्पाट, सुकेधार, मंगलबजारर ग्वार्कोमा घर खोजिरहेको छ। सो स्थानमा बैंकले नयाँ शाखा खोल्ने तयारी गरेको हो।
बैंकले जारी गरेको सूचनाअनुसार पानी बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा र घरको भुइँतल्लामा एटीएम जगान गर्न सुविधा र वैकल्पिक ऊर्जाको व्यवस्था गर्नसक्ने सुविधाहरु हुनुपर्ने उल्लेख गरेको छ।
त्यस्तो घर बहालमा लगाउन चाहनेले बैंकको टेकु शाखामा आवेदन दिन सक्ने जनाएको छ।
66
Shares
प्रतिक्रिया