ad ad

कारोबार


सिंगापुरमा हुवावेले सुरु गर्‍यो 'टेक टु बिल्ड योर करियर' सेमिनार

सिंगापुरमा हुवावेले सुरु गर्‍यो 'टेक टु बिल्ड योर करियर' सेमिनार

नेपालखबर
भदौ १९, २०७९ आइतबार १८:३४, काठमाडौँ

हुवावेले सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रमको ११ औं संस्करणको आयोजना गरेको छ । 

कार्यक्रमको संयोजनमा पहिलो पटक हुवावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनमा टेक टु बिल्ड योर करियर सेमिनार पनि डेब्यु गरेको छ जसको उद्देश्य सहभागीहरूलाई प्राविधिक करियरको भविष्यबारे जान्न र उद्यमशीलतालाई बढावा दिन मद्दत गर्नु हो । 

सिङ्गापुरमा २९ अगस्ट देखि २ सेप्टेम्बरसम्म संचालन हुने सेमिनार सीड्स फर द फ्युचर एक्सेलेरेटर क्याम्पको लागि मुख्य कम्पोनेन्ट हो । सीड्स फर द फ्युचर सन् २००८ देखि हुवावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागशिप सीएसआर परियोजना हो ।

प्राविधिक इनोभेसन र क्रस-कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ पछिल्लो १४ वर्षमा १३७ देश र क्षेत्रहरूबाट १२ हजारभन्दा बढी विद्यार्थीहरूलाई कार्यक्रममा भाग लिन आकर्षित गरेको छ । २०२२ मा हुवावेले सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिइसकेको छ । 

हुवावे एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ पहिलो पटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो । ९ दिने डिजिटल बुट क्याम्पमा एशिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्याण्डमा क्रस-कल्चरल डिजिटल यात्राको आनन्द लिए । १२० मध्ये  ७ जना नेपाली सहित ३३ जना एक्सेलेरेशन क्याम्पको लागि छनोट गरिएको थियो । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमी लिडरहरूद्वारा मार्गदर्शन पाउने छन् जसले उनीहरूलाई आफ्ना विचारको व्यावहारिकता र रियलाएजेशन बारे ध्यान दिन प्रेरित गर्नेछ । 

“हुवावेको सीड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक टु बिल्ड योर करियर सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट-जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्ने छ र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ”, हुवावे इन्टरनेशनलका प्रबन्धनिर्देशक चार्ल्स छेङले भने, “हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दिगो र प्रगतिशील सिंगापुरमा योगदान पुर्याउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्व-स्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ।” 

टेक टु बिल्ड योर करियर सेमिनार प्रोफेसर लो होङ यी, पिलरका प्रमुख - डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एण्ड डिजाइन सेन्टर, एसयूटीडीका निर्देशकको उद्घाटन मन्तव्यबाट सुरु भयो । आफ्नो मन्तव्यमा उनले नयाँ युगले निम्त्याउने सम्भावित अवसर र जोखिमहरू पहिचान गराए। 

साथै विद्यार्थीहरूले आगामी चुनौतीहरूको लागि कसरी तयारी गर्न सक्छन् र आइडिएसनबाट रियलाएजेशनमा कसरी ल्याउन सकिन्छ भनेर सम्बोधन गरे। 

प्यानल छलफलबाट समापन गरिएको सेसनले डिजिटल भविष्यमा उद्यमशीलतादेखि डिजिटल युगमा सामुदायिक सिर्जनासम्मका विषयहरू समेटेको थियो । यसले ज्याक याङ, मुख्य अपरेटिङ अफिसर र फोमो पेका सह-संस्थापक, एआरसी कम्युनिटीका सह-संस्थापक एलरोय छेओ र द आइडिया को. का सह-संस्थापक र सीईओ, टीईडीएक्स सिंगापुरका लागि लिड क्युरेटर र लाइसेन्स होल्डर भिभियन लिम, लगायत प्रतिष्ठित स्वदेशी उद्यमीहरूको समूहलाई एकै ठाउँ ल्याएको छ । 

प्यानलका सदस्यहरूले भविष्यका विकास र ब्लकचेन प्रविधिको प्रयोग वा प्राविधिक-बृद्धि गरिएको समुदाय निर्माणको पर्वाह नगरी आफ्नो लागि सही करियर मार्ग पत्ता लगाउन र कसरी प्रविधिले उनीहरूको सेल्फ-डिस्कभरी यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने बारे आफ्ना व्यक्तिगत अनुभवहरू ब्यक्त गरे। उनीहरूले प्रविधि उद्योग कस्तो देखिनेछ भन्ने बारे भावि दृष्टिकोण पनि प्रदान गरे र उनीहरूले युवा प्रतिभाहरूलाई पछ्याउनका लागि कुन क्षेत्रहरू उपयुक्त हुनेछन् भनेर उद्योगको इनसाइट प्रदान गरे।  

टेकफरगुडको प्रस्तुतीकरण संगै सेमिनार समाप्त भयो जहाँ सहभागीहरूलाई सोलुसन र विचारहरू प्रस्तुत गर्न आमन्त्रित गरिएको थियो । टेकफरगुड युवाहरूलाई डिजिटलाइजेसनको नवीन प्रवृतिहरू बारे जान्न र डिजिटल प्रविधिहरूले साझा सामाजिक समस्याहरूलाई कसरी सम्बोधन गर्न सक्छ भनी अन्वेषण गर्न मद्दत गर्न डिजाइन गरिएको प्रतिस्पर्धा हो । प्रस्तुतीकरण पूरा भएपछि सहभागीहरूलाई उनीहरूको विचारहरूलाई कसरी बलियो बनाउने बारे थप प्रतिक्रिया र सुझावहरू दिइयो । 

हुवावे एशिया प्यासिफिक सीड्स फर द फ्युचर टेकफरगुड प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सीड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिनेछ। शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जेनुवरीमा हुवावे सीड्स फर द फ्युचर टेकफरगुड ग्लोबल प्रतियोगिताको लागि आफ्नो यात्रा जारी राख्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .