ad ad

कारोबार


विश्वकै खुल्ला अर्थतन्त्रमध्ये फ्रेसरको वरीयतामा हङकङ पहिलो नम्बरमा

विश्वकै खुल्ला अर्थतन्त्रमध्ये फ्रेसरको वरीयतामा हङकङ पहिलो नम्बरमा

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १५:४७, काठमाडौँ

फ्रेसर इन्स्टिच्युटले हङकङलाई विश्वकै खुल्ला (स्वतन्त्र) अर्थतन्त्रको वरीयतामा पहिलो नम्बरमा राखेको छ । 

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले फ्रेसरको उक्त वरीयताको स्वागत गरेको छ ।

आफ्नो विश्व आर्थिक स्वतन्त्रता २०२२ वार्षिक प्रतिवेदनमा उक्त इन्स्टिच्युटले स्वतन्त्र रुपमा अन्तर्राष्ट्रिय व्यापार गर्ने मामिलामा हङकङले पहिलो स्थान पाएको जनाएको छ । 

वरीयताको लागि पाइने पाँच आधारमा नियमन पनि पर्छ । हङकङ सरकारका प्रवक्ताले व्यावसायिक वातावरण तयार पार्न सरकार लागिरहेको उल्लेख गरेका छन् । 

सन् १९९६ मा यो रिपोर्ट आउनथालेयता यो स्थान हङकङले मात्रै लिँदै आएको छ । यसले आर्थिक स्वतन्त्रतालाई मुख्य ध्यान दिन्छ । वैयक्तिक रुपमा पनि व्यावसायिक निर्णय आफैँ गर्न सकिने स्वतन्त्रता यहाँ पाइने गरेको छ । १६५ देश र क्षेत्रका संस्था र नीतिगत पक्षको यसले विश्लेषण गर्छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि नियमन, स्वतन्त्रताजस्ता सूचक, सरकारको आकार, कानुनी व्यवस्था र सम्पत्ति अधिकार, तथा सरकारी खर्च र कर प्रणालीबारे विविध मूल्यांकनपछि प्रतिवेदन तयार हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .