स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरू कारबाहीमा परेका हुन्।
त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८२ वटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन्।
जसअन्तरगत बिहानै मापसे गरी मोटरसाइकल चलाउने ३ जना पनि कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।
45
Shares
प्रतिक्रिया