ad ad

कारोबार


आजदेखि भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल नचल्ने

आजदेखि भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल नचल्ने

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ७:६, काठमाडौँ

भन्सार नतिरी अवैध बाटोबाट ल्याइएका मोबाइल सेट आज (शुक्रबार) देखि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरी अवैध रूपमा भित्रिएका मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो।  

हिजो (भदौ ३०) सम्म नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याइएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा कुनै अवरोध नहुने प्राधिकरणले जनाएको छ। 

‘भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेट लगायत मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ’, प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चारप्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए-नभएको एकीन गरी मात्र खरिद गर्न अनुरोध छ।’

प्राधिकरणले बिहीबार नै एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको सन्देश धेरैजसो प्रयोगकर्तालाई पठाइसकेको छ। एसएमएस प्राप्त नभए पनि बिहीबारअघि चालू अवस्थामा रहेका मोबाइल प्रणालीमा स्वतः दर्ता भएको प्राधिकरणले जनाएको छ। 

सूचना हेर्नुहाेस्


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .