ad ad

कारोबार


बैंकहरुले ब्याज बढाउनु स्वाभाविक होइन : चन्द्र ढकाल

बैंकहरुले ब्याज बढाउनु स्वाभाविक होइन : चन्द्र ढकाल

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १८:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वाभाविक नभएको बताएका छन्।

बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए। वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताए। उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताए।

उनले भने, ‘कोभिड १९ महामारीपछि बजारमा तरलता अभावको समस्या हुँदै आएको छ । बजारमा तरलता अभावको कारण मुलुकभित्र व्यवसायिक गतिविधिहरु बढाउन मात्रै समस्या बनाएको नभएर भएका उद्योगहरुको क्षमता बिस्तार गर्नको लागि समेत धेरै समस्या बनाएको छ। अहिले आएर नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको छ । यसले अर्थतन्त्रमा दखिएको तरलता अभावलाई सहज
बनाउन मद्दत पुग्छ । व्यवसायीक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चाँपले  खुम्च्याउने काम गरेको छ । बैंकहरुले ब्याजदर बढाउने स्वाभाविक होइन । अहिले जुन लेभलमा बैंकहरुले ब्याजदर बढाएका छन् । यसरी निक्षेपमा ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन ।’

उनले पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .