कारोबार


कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

नेपालखबर
असोज ११, २०७९ मंगलबार १५:५५, काठमाडौँ

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ। 

मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । 

सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .