कारोबार


एनएचपीसीले लगानी बोर्डमा बुझायो पश्चिम सेतीको सर्वे लाइसेन्सको निवेदन

एनएचपीसीले लगानी बोर्डमा बुझायो पश्चिम सेतीको सर्वे लाइसेन्सको निवेदन

नेपालखबर
असोज ११, २०७९ मंगलबार १७:१८, काठमाडौँ

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वे लाइसेन्सका लागि लगानी बोर्डमा निवेदन बुझाएको छ। 

गत भदौ २ गते लगानी बोर्ड र एनएचपीसीबीच ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगाट क्षमताको सेती नदी ६ परियोजना अघि बढाउने सम्झौता भएको थियो। 

ती दुवै आयोजना वर्षौँदेखि अलपत्र रहँदै आएका छन्। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

सोसँगै कम्पनीले सर्वे लाइसेन्सका लागि आवेदन हालेको हो। 

प्रस्तावित ७५० मेवा जडित क्षमताको जलाशययुक्त पश्चिम सेतीको लागत १ अर्ब ३२ करोड अमेरिकी डलर अनुमान गरिएको छ। त्यस्तै ४५० मेवा क्षमताको सेती नदी ६ को अनुमानित लागत ८० करोड डलर छ।

यो आयोजना डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा निर्माण हुने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .