ad ad

कारोबार


नेपाल बैंकको सन्देशमूलक दसैँ भिडिओ ‘मामाघर’ सार्वजनिक

नेपाल बैंकको सन्देशमूलक दसैँ भिडिओ ‘मामाघर’ सार्वजनिक

नेपालखबर
असोज १२, २०७९ बुधबार १७:३८, काठमाडौँ

नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ। 

दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरुमा दिदीभाइ दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ।  

करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमत्तापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट संभव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ। 

सानो छँदाको दिदीभाइको माया स्नेह विवाहपश्चात् विस्तार कम हुँदै गई दूरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको  यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने संदेश समेत भिडियोले दिएको छ। 

त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबद्र्वन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ । नेपाल बैंक लि.ले आफ्नो आधिकारीक फेसबुक पेज  र युट्युबमार्फत सो भिडियो सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .