ad ad

राजनीति


उम्मेदवार टुंगो गर्न एमालेले बोलायो सचिवालय बैठक

उम्मेदवार टुंगो गर्न एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०७९ बुधबार १७:३९, काठमाडौँ

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको हो। 

एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवारको टुंगो गर्न नसकिरहेको अवस्थामा सचिवालय बैठक बस्न लागेको हो।

यो सचिवालय बैठकले आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि टिकट दिने सम्भावित नेताहरुबारे निर्णय लिनेछ।

त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितसँग चुनावी  तालमेलबारे पनि कुरा हुने बताइएको छ।

लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न राजेन्द्र महतो नेतृत्वमा कार्यदल बनाइसकेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि एमालेसँग संवादमा छ।

उता कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि केही स्थानमा एमालेको सहयोग लिने तयारीमा छ। सत्ता गठबन्धनले भागवण्डा मिलाउँदै गर्दा एमालेले पनि आफ्ना उम्मेदवारबारे निर्णय लिनेछ।

एमालेमा समानुपातिक सूचीलाई पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन्। त्यगरै विगतको विवादमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका १० भाइ नेताहरुको टिकटबारे पनि छलफल जारी छ।

एमाले नेता भीम रावललाई अछाम जिल्ला कमिटीले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको विषय पनि गम्भीर रुपमा उठेको छ।

एमाले सुदूरपश्चिमका नेताहरुले रावलको नामलाई लिएर म‌ंगलबार ओलीसँग संवाद गरेका छन्। ओलीले पनि पार्टी सम्पर्कमै नरहेका नेताको नाम कसरी सर्वसम्मत भयो भनेर जिज्ञासा राखेका थिए। 

निर्वाचन आयोगले पनि कांग्रेस र एमालेसहित सबै दलको समानुपातिक सूची नमिलेको भन्दै सच्याएर ल्याउन निर्देशन दिएको छ। उक्त सूची पनि आगामी असोज १६ गतेसम्म सच्याएर अन्तिम रुप दिनुपर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .