ad ad

कारोबार


५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर
५० हजार खसीबोका निर्यात हुँदा  ६० करोड आम्दानी

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०७९ आइतबार १३:५५, सुर्खेत भेरीगङ्गा

कर्णाली प्रदेशबाट यो वर्ष दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएका छन्। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याङ्ग्रा निर्यात हुँदा  रु ६० करोडभन्दा बढी  रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए। 

उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ।”

अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्‍र्य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन्। गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाया मासुका लागि निर्यात गरिएका थिए। तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए।

निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो। दसैँतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ।

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ। 

खसीको मासुमा कर्णाली आत्मनिर्भर 

कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ। विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .