कारोबार


चाडपर्वका बेला महँगी उच्च, सबैभन्दा बढी यातायातमा

चाडपर्वका बेला महँगी उच्च, सबैभन्दा बढी यातायातमा

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १२:४७, काठमाडौँ

२०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशतले बढेको छ। 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैरखाद्य तथा
सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ।

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९ प्रतिशत,घ्यू तथा तेल १४.५३ प्रतिशत, रेष्टुरेण्ट तथा होटल १२.३० प्रतिशत र मदिराजन्य पेय पदार्थ १०.२४ प्रतिशत र तरकारी  ९.९४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

भदौ महिनामा सेवा समूह अन्तर्गत यातायात २३‍.४१ प्रतिशत,  स्वास्थ्य १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु ९.२५ प्रतिशत, शिक्षा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको मुल्य ७.६९ प्रतिशतले बढेको छ। 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति छ। २०७८ भदौ महिनामा यी क्षेत्रमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मुद्रास्फीति थियो।

होलसेल मुल्य   २०७९ भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.०० प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.११ प्रतिशत थियो।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.९१ प्रतिशत, १५.९३ प्रतिशत र ६.३६ प्रतिशत छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad