कारोबार


पोखरालाई हब बनाउँदै बुद्ध एयर, भारतका ३ ठाउँमा अन्तर्राष्ट्रिय उडान गर्ने

पोखराबाट पहिलो बनारस उडान पुसदेखि
पोखरालाई हब बनाउँदै बुद्ध एयर, भारतका ३ ठाउँमा अन्तर्राष्ट्रिय उडान गर्ने

नेपालखबर
कात्तिक २८ , काठमाडौँ

बुद्ध एयरले पोखराबाट बनारस हप्तामा ३ सिधा उडान गर्ने भएको छ। 

निर्माणको अन्तिम चरणमा पहिलो उडानको रुपमा बुद्ध एयरले  पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो। 

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्यप्रगतिअनुसार सन् २०२३ को जनवरी महिनादेखि उडानका लागि तयार हुँदै छ। 

हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस– काठमाडौं हवाइ सेवा सञ्चालन गर्दै आएको छ। 

बुद्धले आइतबार, मंगलबार, बिहीबार उडानको तालिका बनाएर जनवरीबाटै उडान सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ। 

साथै एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि हाम्रो तर्फबाट पनि प्रक्रिया यथाशीघ्रअगाडि बढाइने जनाएको छ।

कात्तिक २८, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.