कारोबार


महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा राखेको छैन : चन्द्र ढकाल

महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा राखेको छैन : चन्द्र ढकाल

फाइल फोटाे


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २१:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन्। 

मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन्। उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए। 

उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे। उनले आफू नेतृत्वमा आउनु भन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताए।

उनले भने, ‘बैंकर र उद्योग वाणिज्य महासंघको नेतृत्व नै बैकर भएर बैंकहरु बढी प्राथमिकतामा परे भन्ने बाहिर हल्ला आएको छ। त्यो सुन्दा सत्य जस्तो लाग्छ। यो विषय उद्योग वाणिज्य महासंघको चुनाव आए बेलादेखि उठ्न थालेको विषय हो। बैंकको अध्यक्ष वा बोर्डमा बसेर १५ वर्ष काम गरेका साथीहरु हुनुहुन्छ। बैंकका सञ्चालक भएर बैंकबाट पाउने फाइदा उद्योग व्यवसायमा रहेको छ। उद्योग धन्दाले बैंकमा तिर्नुपर्ने प्रिमियम, ब्याज बढी तिर्नुपर्ने हुन्छ।’

उनले बैंकको सञ्चालक भएपनि बैंकबाट आउने फाइदा भन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने गरेको बताए। ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज, प्रिमियम समेत बढी नै तिर्ने बताए। 

उनले भने, ‘जहाँसम्म उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अहिल्यै बैंकको ब्याजदर, प्रिमियम बढाउनुपर्छ र फाइदा लिनुपर्छ भन्ने पक्षमा काम नगरेका छैनौं। ३ वर्ष पहिला म लगायत केही व्यवसायीहरु महासंघको चुनावका अगाडि बढ्यो त्यो बेला चुनावी नाराको रुपमा अगाडि सारिएको विषय हो। यो विषय ५ वर्ष भन्दा पहिले कहिल्यै पनि यो विषय आएको थिएन।’

उनले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा हुनेगरी काम नगरेको दाबी गर्दै चुनावमा आफूले बैंक तथा वित्तिय संस्थाको सपोर्ट नगर्ने नाराको अघि सारेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .