ad ad

कारोबार


एनआईसी एसिया बैंकको ‘विश्वकप’ विशेष योजना

३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने
एनआईसी एसिया बैंकको ‘विश्वकप’ विशेष योजना

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १९:१७, काठमाडौँ

एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ।

योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबलपे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ। 

योजनाअन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । 

२० लाख पटक भन्दा बढी डाउनलोड भइसकेको एनआईसी एसिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ। 

जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन्। काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रतिमर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .