कारोबार


नेशनल लाइफको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नेशनल लाइफको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १८:१, काठमाडौँ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४औँ वार्षिक साधारणसभा १८ गते सम्पन्न भएको छ। 

अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको साधारणसभाले आव २०७७÷०७८ को लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो। 

साधारणसभाले उक्त बोनस सेयरबापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

आगामी चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने अवस्था छ। कम्पनीले बोनस सेयर लाभांश दिएसँगै चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुग्नेछ। बाँकी रहने चुक्ता पुँजी आगामी दिनमा तोकिएको समयभित्र सहजै पुग्ने स्थिति रहेको कम्पनीले जनाएको छ। 

अध्यक्ष सिंहले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन्। 

नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७÷०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरिन्। 

लामो समयपश्चात् बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुसी व्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने विश्वास व्यक्त गरिन्। 

आ.व.२०७७÷०७८ मा कम्पनीको सबै वित्तीय सूचकाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ। 

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७÷०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad