कारोबार


छाया मलमा लेबनान भिसा आवेदन केन्द्र उद्घाटन

छाया मलमा लेबनान भिसा आवेदन केन्द्र उद्घाटन

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १३:३९, काठमाडौँ

राइजिङ ग्लोबलले काठमाडौंमा डु डिजिटल गोलबलसँग साझेदारी गरेर लेबनान भिसा आवेदन केन्द्र उद्घाटन गरको छ।

नयाँ भिसा आवेदन केन्द्रका दुई काउन्टरहरू सबै भिसाको लागि सुसज्जित रहेको राइजिङ ग्लोबलले जनाएको छ। 

केन्द्रले निःशुल्क इन्टरनेट पनि उपलब्ध गराएको र भिसा फारमहरू भर्न आवेदकहरूलाई सेल्फ हेल्प डेस्क, फोटोकपी सेवा, निजी लाउन्ज र कुरियर सेवाहरू पनि सामान्य शुल्कमा उपलब्ध गराएको जनाएको छ। 

लेबनान दूतावासको सहयोगमा भिसा आवेदन केन्द्रले झन्झटमुक्त नाममात्र शुल्कमा कागजातहरूको सेवा पनि प्रदान गर्दछ। 

छाया मलमा कार र दुई पाङ्ग्रे सवारीका लागि पर्याप्त पार्किङ ठाउँहरू छन्। नयाँ लेबनान भिसा आवेदन केन्द्र, छाया मल पहिलो तल्ला पसल नं.२३३ र २३४, ठमेल, काठमाडौंमा छ। नयाँ लेबनान भिसा आवेदन केन्द्रले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म भिसा आवेदनहरू पूरा गर्ने जनाइएको छ।

डु डिजिटल ग्लोबलद्वारा सञ्चालित नयाँ भिसा सेन्टरले लेबनानका लागि आफ्नो भिसा आवेदन बुझाउन भारत जाने र भिसा पाउनको लागि पर्खनुपर्ने वा सङ्कलन गर्न पुन: यात्रा गर्नुपर्ने नेपालभर रहेका हजारौं यात्रुहरूको भिसा अनुभव सहज बनाउने अपेक्षा गरिएको छ। डु डिजिटल ग्लोबलले पहिले नेपालमा अवस्थित छ र ग्रीस भिसा आवेदन केन्द्र चलाउँदै छ।

नेपालबाहेक डु डिजिटल ग्लोबलको श्रीलंका, बंगलादेश र भारतमा उपस्थिति छ। राइजिङ ग्लोबलका सीईओ भरत राईले भिसा आवेदन केन्द्रमा पूर्ण वातानुकूलित सुविधा रहेकाे र सहज सेवा प्रदान हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .