ad ad

कारोबार


टेलिकमका इन्टरनेट ग्राहक घट्दै, निजी कम्पनीको बढ्दै

टेलिकमका इन्टरनेट ग्राहक घट्दै, निजी कम्पनीको बढ्दै

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १८:७, काठमाडौँ

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का इन्टरनेट ग्राहक घट्न थालेका छन्। 

निजी क्षेत्रका कम्पनीले आफ्ना ग्राहकको संख्या बढाउँदै जाँदा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीका ग्राहक घट्न थालेका हुन्। 

२०७८ भदौमा टेलिकमको २ लाख ९३ हजार ७६३ ग्राहक रहेकोमा १ वर्षपछि २ लाख ९१ हजार २८४ मा झरेका छन्। टेलिकमले मुख्यतः एडीएसएल र फाइबर ट द होम (एफटीटीएच)मार्फत इन्टरनेट सेवा दिँदै आएको छ। 

नेपालमा १ वर्षअघि १७ लाख ४२ हजार कुल इन्टरनेट सेवाग्राही रहेका थिए। अहिले यो संख्या २३ लाख ६० हजार पुगेको छ। १ वर्षमा ६ लाख १८ हजार ग्राहक बढ्दा दूरसञ्चार कम्पनीका भने २ हजार ग्राहक घटेका छन्।  

गत असारमा दूरसञ्चार कम्पनीका ग्राहक २ लाख ९२ हजार ३४३ रहेका थिए। २ महिनामै करिब १ हजार ग्राहक घटेका हुन्। 

यता वर्ल्डलिंक कम्युनिकेसनको ६ लाख ८१ हजार ग्राहक रहेका छन्। १ वर्षअघि ५ लाख ४३ हजार ग्राहक रहेका थिए। २ महिनाअघि ६ लाख ६० हजार ग्राहक रहेका छन्। वर्ल्डलिंकका ग्राहक सबैभन्दा तीव्र गतिमा बढिरहेका छन्। 

१ वर्षअघि भायनेटका १ लाख ६० हजार ग्राहक रहेकोमा २ लाख ४० हजार पुगेका छन्। ७४ हजार ग्राहक रहेकोमा वेब सर्फरको १ लाख पुगेका छन्। 

त्यस्तै सुबिसुको २ लाख ४१ हजार पुगेका छन्। अघिल्लो वर्ष २ लाख ३४ हजार मात्रै ग्राहक रहेका थिए। 

डिश मिडिया नेटवर्कले २९ हजारबाट १ लाख ५५ हजार ग्राहक पु¥याउँदा क्लासिक टेकले १ लाख ६० हजारबाट २ लाख ४२ हजार ग्राहक पुर्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .