कारोबार


टीसीएलले नेपालमा ल्यायो गुगल टिभी

टीसीएलले नेपालमा ल्यायो गुगल टिभी

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:५, काठमाडौँ

टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी ल्याएको छ ।

कम्पनीका अनुसार गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ओएस हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् ।

गुगल टिभीको प्रारम्भिक सेटअपपछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । कम्पनीका अनुसार होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन्, जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि रहेको कम्पनीको दाबी छ ।

यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन्, जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाउँदा ज्यादै सहज र सजिलो महसुस गर्दछन् । योबाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटिकल्ली अपडेट गर्दछ ।

हालै टीसीएलले क्यामेरासहितको पी७८५ फोरके एचडीआर गुगल टिभी विथ क्यामेरा (७५ इन्च), सी७३५ क्यूएलईडी फोरके ६५ र ५५ इन्च र क्यामेरा नभएको पी६३५ फोरके एचडीआर ६५, ५५, ५० र ४३ इन्च गरी कुल तीन प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .