सन् २०२२ को लागि नासा नेपालको कार्यक्रम ‘एक्स्प्लोर द ट्रयाक’ हालै सम्पन्न भएको छ।
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरीय ज्ञान, शिप र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एशियाली स्तरको इभेन्टमा प्रतिष्पर्धी र योग्य बनाउने उदेश्यले यस किसिमको अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। जहाँ मोटर तथा मोटरसाइक, कार्ट्स र इ–रेसिङका एथलेट तथा अफिसियललाइ छनोट गारी विदेशका ट्रयाक तथा तालिम केन्द्र पठाइन्छ।
यस वर्ष नासा नेपालले एफआएमसँगको सहयोगमा भारतमा, मोटर स्पोर्टस अष्ट्रेलिया र एफआइएको सहयोगमा मलेसियामा सो सम्बन्धी तालिममा सहभागी गराइएको हो। मोटरस्पोर्ट्सको संयोजन मोटरस्पोर्ट्स मलेसिया र इ–स्पोर्ट्सका लागि सिलोन मोटरस्पोर्ट्स क्लबका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए। त्यसैगरी बेंगलोरमा अर्वानी ग्रीड सर्किटका प्राविधिकले प्रशिक्षण दिएका थिए।
गत हप्ता मलेसियामा सहभागी भएको मोटर स्पोर्ट्सको टिम हिजो मात्र नेपाल फर्केको छ। जसमा सुयोग खनाल, निरज खड़का क्षेत्री, मन्चन तिवारी, भुषण कुमार श्रेष्ठ तथा जय मास्के रहेका छन्।

मोटरस्पोर्ट्स नेपालको संयोजनमा नेपालका १० बाइक राइडर्सको टिमसमेत हालै भारतको वैंगलोरमा तालिम लिइ नेपाल फर्केको छ।
मोेटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ ‘एफआईएम’को आर्थिक तथा नासा नेपालको प्राविधिक सहयोगमा ८ जना राइडर तथा २ जना अफिसियल सहभागी थिए। जसमा विनोद तण्डुकर र आशिष रौनियार अफिसीयल तथा अजय श्रेष्ठ, युकेश थापा, निशल रोक्का, सन्दीप घिमिरे, आशिष गुरुङ, अमन चौधरी, श्रीहरी पौडेल, फर्हान मोहम्मद राइडर रहेका थिए। जहाँ नेपाली राइडरहरुको प्रयोगत्माक परीक्षासमेत भएको थियो। साथै सोही ट्रयाकमा कार्टसको प्रतिष्पर्धासमेत गराइएको थियो।
सन् २०२३ मा समेत नासा नेपालले भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरमा ‘एक्स्प्लोर द ट्रयाक’ अन्तरगत राइडर्स तथा ड्राइभरहरुलाई अवसर दिने छ।
Shares

प्रतिक्रिया