कारोबार


१४ अंकको सुधारसँगै सेयरबजारमा ९३ करोडको कारोबार

१४ अंकको सुधारसँगै सेयरबजारमा ९३ करोडको कारोबार

नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:३२, काठमाडौँ

सेयरबजार आज दोहोरो अंकले बढेको छ। 

मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो। 

आजको कारोबारमा २५७ कम्पनी सामेल भएका छन्। दिनभरिमा २३ हजार ३४४ पटकको खरिदबिक्रीपछि ३० लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ। 

यो भनेको ९३ करोड रुपैयाँबराबरको कारोबार हो। आज बजार पुँजीकरण २७ खर्ब र कुल तरलता ११ खर्ब रहेको नेप्सेले जनाएको छ। 

आज धौलागिरि लघुवित्त, आँधीखोला लघुवित्त र सृजनशील लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। गुमाउने लगानीकर्ताले भने आज ४.६७ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। 

आज नेपाल टेलिकमको ६ करोड ३८ लाख रुपैयाँको सर्वाधिक सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad