कारोबार


सार्वजनिक भयो भ्रमण दशक अवधारणा, २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक पुर्‍याइने

सार्वजनिक भयो भ्रमण दशक अवधारणा, २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक पुर्‍याइने

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १६:१२, काठमाडौँ

सरकारले भ्रमण दशककाे अवधारणा सार्वजनिक गरेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२३-२०३२ भ्रमण दशक अवधारणा सार्वजनिक गरेकाे हाे। 

पर्यटन बाेर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत  प्रचण्डमान श्रेष्ठकाे संयाेजकत्वमा गठित विज्ञ समितिले तयार पारेकाे रिपाेर्टअनुसार पर्यटन दशककाे कार्यक्रम सार्वजनिक गरेकाे मन्त्रालयले जनाएकाे छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  जीवनराम श्रेष्ठले १२ महिनै पर्यटक आउने वातावरण बनाउने बताए। 

मन्त्रालयले २०२४ सम्म पर्यटक आवागमन १०१९ कै अवस्थामा फर्काउने बताएकाे छ। २०२४ पछि वार्षिक १५ प्रतिशत पर्यटक भित्र्याउने अवधारणामा उल्लेख छ। 

२०३२ सम्म वार्षिक ३५ लाख पर्यटक पुर्याउने र पर्यटन क्षेत्रमा थप १० लाख राेजगारी सिर्जना लक्ष्य लिएकाे छ। 

प्रतिदिन खर्च ४८ डलरबाट १२५ डलर पुर्‍याउँदै कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने अवधारणामा उल्लेख छ।

मन्त्री श्रेष्ठले अवधारणा पूरा गर्न पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिने बताए। हिमाल र ट्रेकिङमा मात्रै भित्रिने पर्यटक सबै क्षेत्रमा भित्र्याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .