कारोबार


चीनसँगको हिल्सा—पुराङ नाका पनि एकतर्फी खुल्यो

चीनसँगको हिल्सा—पुराङ नाका पनि एकतर्फी खुल्यो

नेपालखबर
पुस १३, २०७९ बुधबार १८:६, काठमाडौँ

नेपाल र चीनबीचको हिल्सा-पुराङ सीमानाका पनि सञ्चालनमा आएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार सोमबारदेखि उक्त नाका एकतर्फी संचालनमा आएको हो। 

चीनको स्वशासित क्षेत्र तिब्बतबाट तत्कालका लागि सामान आयात खुला गरिएको हो। 

‘सीमानाका सुचारु भएसँगै दुई देशबीचको व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ’, मन्त्रालयले भनेको छ। 

परराष्ट्र अधिकारीहरुका अनुसार हिल्सा—पुराङ सीमा नाका चाँडै दुईतर्फी खोल्ने आश्वासन चीनले दिएको छ। 

कोरोना महामारी शुरु भएसँगै चीनले नेपालतर्फका सीमा नाका बन्द गरेको थियो। 

अर्को प्रमुख नाका रसुवागढी—केरुङबाट दुईतर्फी ब्यापार सुरुरु भइसकेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागका अधिकारीले बुधबार बिहान एक कार्यक्रमबीच उक्त नाकाबाट दुईतर्फी व्यापार खुलेको घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad