कारोबार


प्रभु लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ दाबी भुक्तानी

नेपालखबर
पुस १५, २०७९ शुक्रबार २०:४१, काठमाडौँ

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ। २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो।

पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो।

प्रभु लाइफले बीमित स्वर्गीय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच रु. २० लाखको चेक हस्तान्तरण गरेको थियो। प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे। जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए। 

‘बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं’ प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले भने। 

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad