कारोबार


शिवम् सिमेन्ट्सद्वारा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव

शिवम् सिमेन्ट्सद्वारा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपालखबर
माघ १, २०७९ आइतबार १५:२७, काठमाडौँ

शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को सातौं वािर्षक साधारण सभा हेटौंडास्थित होटल सामनामा सम्पन्न भएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तीन) प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरु निर्वाचित भएका छन्। 

सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ। 

साथै, सोही सभाबाट नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्ती गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ।   

उक्त सभाबाट आ.व. २०७८।०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको छ। यसका साथै आ. व. २०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गरिएको छ।

साथै, कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad