राप्रपा नेपालका अध्यक्ष कमल थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली र चीनको मानसरोवर रुट प्राप्त गर्न पहल गर्नुपर्ने बताएका छन्।
‘यो विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ’, उनले भनेका छन्, ‘आज पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा स्वभावतः खुसीको अनुभूति भयो।’
उनका अनुसार पोखरा–नयाँ दिल्ली र पोखरा–मानसरोवर रुट प्राप्त गर्न सम्बद्ध निकायले प्रयास गर्नु उपयुक्त छ।
30
Shares
प्रतिक्रिया