ad ad

कारोबार


पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा ‘सेल्स मिसन’ सुरु

पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा ‘सेल्स मिसन’ सुरु

नेपालखबर
माघ १२, २०७९ बिहिबार ११:५९, काठमाडौँ

नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा ‘सेल्स मिसन’ सुरु गरेको छ। 

बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्र भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए। 

‘बोर्डको वार्षिक कार्यक्रमअनुसार पर्यटन व्यवसायीको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रम सुरु भएका छन्। यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं,’ उनले भने। 

बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस) र ११ गते गोखपुरमा सेल्स मिसन तथा बी टु बी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्दै छ। 

कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायीहरुको सहभागिता छ। सेल्स मिसन टोलीमा नेपालका ११ वटा ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता छ। 

गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतीकरण दिँदै नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी र नेपालबीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने  बताए। 

उनले  नेपाल नेचर कल्चर र एडभेन्चर सबै हिसाबले उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रह  गरे। 

नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस र्बोडर पर्यटनमा जोड दिएको बताए। 

यस्तै सिद्धार्थ होटल एसोसिएसनका संस्थापक अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारतीय पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै नेपाल आतिथ्यका लागि तयार रहेको बताए। 

यसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ।

जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको कार्यक्रम अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाल सबै सिजनका लागि उपयुक्त गन्तव्य भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .