कारोबार


सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै १ लाख ६ हजार ९ सय पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै १ लाख ६ हजार ९ सय पुग्यो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १३:५, काठमाडौँ

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। गत वर्ष फागुनमा छापावाला सुन  प्रतितोला १ लाख ५ हजार उच्च मूल्य कामय भएको थियो। 

तर अहिले गत वर्षभन्दा उच्च विन्दुमा सुनको मूल्य पुगेको हो।  

उच्च विन्दुमा पुगेको सुन बिहीबार १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको हो।

बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँ वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी गराएको छ।

महासंघका अनुसार तेजावी सुन बिहीबार प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ।  

आज चाँदीको मूल्यसमेत वृद्धि भएको महासंघले जनाएको छ। चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad