ad ad

कारोबार


३ दर्जन कम्पनीको सेयर खरिद गर्दा बोनस पाइने, ६ वटाको ‘बुक क्लोज’ हुँदै

३ दर्जन कम्पनीको सेयर खरिद गर्दा बोनस पाइने, ६ वटाको ‘बुक क्लोज’ हुँदै

केशर बोगटी
माघ १३, २०७९ शुक्रबार १५:१८, काठमाडौँ

आर्थिक वर्ष २०७८९/०८० को मंसिरसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४७ कम्पनी सूचीकृत छन्। 

सूचीकृतमध्ये १४७ कम्पनीले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्नेमध्ये ११० कम्पनीले बुक क्लोज (सेयरधनी दर्ता किताब बन्द) गरिसके भने बाँकी ३७ कम्पनीले बुक क्लोज गरिसकेका छैनन् । 

३७ मध्येका आधा दर्जन कम्पनीले भने बुक क्लोज तय गरेका छन्। अन्य ३१ गरेका छैनन् । बुक क्लोज गर्न बाँकी रहेका कम्पनीको सेयर खरिद गर्दा भने लाभांशको हिस्सेदार बन्न पाइन्छ। 

लगानीकर्ताले लाभांश घोषणा गरेका कम्पनीको बुक क्लोज मितिको अघिल्लो कारोबार दिनभित्र सेयर खरिद गर्दा लाभांश पाइन्छ। 

तसर्थ लगानीकर्ताले यतिबेला ३७ कम्पनीको सेयर खरिद गर्दा कम्पनीको लाभांश पाउनेछन्। यतिबेला लाभांश घोषणा गरी बुक क्लोज गर्न बाँकी रहेका सबैभन्दा धेरै लघुवित्त कम्पनीहरु छन्। 

आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट करिब २० लघुवित्तले लाभांश घोषणा गरेका छन्। जसमा ९ वटा लघुवित्तले बुक क्लोज गरिसकेका छन् भने बाँकी २२ कम्पनी गरेका छैनन्। 

बुक क्लोज गर्न बाँकी १८ लघुवित्तको सेयर खरिद गर्दा भने न्यूनतम साढे १० प्रतिशतदेखि अधिकतम ७६.८५ प्रतिशतसम्म लाभांश हात पार्न सकिनेछ। 

त्यसैगरी कृषि विकास बैंक, हाइड्रो कम्पनीहरु, बीमा कम्पनी र होटल सेक्टरका कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइनेछ। 

आधा दर्जन बैंकले गरे बुक क्लोज मिति  
लाभांश घोषणा गर्नेमध्येका आधा दर्जन कम्पनीले बुक क्लोज तय गरेका छन्। नेरुडे लघुवित्त, तारागाउँ रिजेन्सी, शिखर इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, रिडी पावर र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले बुक क्लोज मिति तय गरेका छन्। यी कम्पनीको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म सेयर खरिद गर्दा लाभांश पाइनेछ। 

नेरुडे लघुवित्त गत वर्षको नाफाबाट कुल २३.१५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको लाभांश पाउन लगानीकर्ताले माघ १८ गते सेयर खरिद गरिसक्नुपर्नेछ।

तारागाउँ रिजेन्सीले ८.४२ प्रतिशत, शिखर इन्स्योरेन्सले १६.८४ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरले १०.५२ प्रतिशत, रिडी पावरले ४१.२ प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ६.८४ प्रतिशत लाभांश घोषणा गरेका छन्। यी कम्पनीले माघभित्र बुक क्लोज गरिसक्नेछन्। 

 कुन कम्पनीको कति लाभांश, बुक क्लोज कहिले?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .